काठमाडौं–इन्जुरी टाइममा कोलम्बियाले बराबरी गोल फ्रकाएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको खेलमा इङ्ल्याण्ड ४–३ ले विजयी भएको छ । टाइब्रेकर कोलम्बियाले २ पेनाल्टी मिस गरेको थियो । जीतका लागि इङ्ग्ल्याण्डले अन्तिम पेनाल्टीसम्म कुर्नु परेको थियो ।


ADVERTISEMENT


पेनाल्टी मार्फत इङ्ल्याण्डले विश्वकप इतिहासमा जीत हात पारेको यो पहिलो अवसर हो । क्वाटरफाइनलमा उसले स्वीडेनको सामना गर्नेछ ।


ADVERTISEMENT

# # #


मंगलबार अबेर राती सम्पन्न भएको खेलमा पेनाल्टीबाट इङ्लिस टोलीलाई खेल सुम्पनुअघि कोलम्बियाले खेलको ९३ औं मिनेटमा गोल गर्दै लगभग इङ्ल्याण्डको पक्षमा गइसकेको खेलमा रोचक पुनरागमन गरेको थियो । एरी मिनाले कोलम्बियाका लागि सो बराबरी गोल गरेका थिए ।

उनको त्यो अन्तिम मिनेटको गोलले कोलम्बियाको क्वाटरफाइनल सपनालाई अन्तिम अवस्थामा फेरि जीवित पारिदिएको थियो । त्यसपछि चलेको ३० मिनेटको अतिरिक्त समयको खेलमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल टाइब्रेकरमा धकेलियो ।

मंगलबार राती भएको खेलमा इङ्ग्ल्यान्डले पेनाल्टीबाट खेलमा अग्रता लिएको थियो । इङ्लिस कप्तान हेनेरी केनले खेलको ५८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । केनलाई कोलम्बियाका ह्यानचेजले डि–वक्समा फल गरेपछि रेफ्रीले इङ्ल्याण्डलाई पेनाल्टी दिएका थिए ।

इङ्ल्याण्डको विजयसँगै जारी विश्वकपको क्वाटरफाइनलको समिकरण पूरा भएको छ । इङ्ल्याण्डसँगै क्वाटरफाइनलमा ब्राजिल, फ्रान्स, उरूग्वे, स्वीडेन, बेल्जियम,रसिया र क्रोएशिया पुगेका छन् ।