चितवन – पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बिहानैदेखि अवरुद्ध बनेको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।


ADVERTISEMENT


प्रहरीले बिहान ५ः३० बजेतिर पहिरो खसेको अनुमान गरेको छ । पहिरो अन्दाजी ५० मिटरभन्दा लामो छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने छ ।