काठमाडौं– स्वीट्जरल्याण्डलाई हराउँदै स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराएको हो । १२ औं पटक विश्वकप खेलिरहेको स्वीडेन सन् १९९४ मा तेस्रो भएपछि क्वार्टरफाइनलमा पनि पुगेको थिएन ।


ADVERTISEMENT


खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६६ औं मिनेटमा इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले त्यसपछि लगातार डिफेन्सिभ खेल खेल्यो ।


ADVERTISEMENT

# # #


बराबरी गोल फर्काउने स्वीट्जरल्याण्डको थुप्रै प्रयासमा स्वीडेनका गोलकिपर बाधक बने । इन्जुरी टाइम नाटकीय रहृयो । काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए ।

तर, भीएआर रिभ्यूले स्वीडेनको पेनाल्टी खोसियो र फ्रि किक मात्र दिइयो । इन्जुरी टाइमको अन्तिम मिनेटको फ्रि किकमा गोल नभएपनि स्वीडेन विजयी भएको छ ।