एजेन्सी – रसियामा जारी फुटबल विश्वकपको समूह चरणमा अर्जेन्टिनाविरुद्ध मैदान उत्रिनुअघि नाइजेरियाका कप्तान जोन ओबी मिकेलका बुवाको अपहरण भएको खुलासा भएको छ । गत हप्ताको मंगलबार समूह चरणको अन्तिम खेल खेल्नु केही घण्टा पहिले आफ्ना बुवाको अपहरण भएको मिकेलले खुलासा गरेका हुन् ।


ADVERTISEMENT


मिकेलका बुवाको अपहरण भएको थियो । मिकेललाई यो कुरा थाहा थियो । तर पनि उनले आफ्नो देशलाई विश्व विजेता बनाउनका लागि प्रयास जारी राखेका थिए । नाइजेरियाको समूह चरणको अन्तिम खेल अर्थात अर्जेन्टिनासंगको खेल सुरु हुनु केही समय पहिले नै मिकेललाई यो कुरा थाहा भएको थियो कि उनका बुवाको अपहरण भयो ।


ADVERTISEMENT

# # #


बेलायती दैनिक पत्रिका ‘द गार्डियन’ ने मिकेलको भनाई उल्लेख गर्दै लेखेको छ, ‘म त्यो समय खेलिरहेको थिएँ, जब मेरा बुवालाई बन्दुकधारीले अपहरण गरेका थिए । मलाई यो नराम्रो खबरबाट अघि बढ्नु थियो ।’ चेल्सीका लागि खेल्ने यी मिडफिल्डरलाई बुवाको अपहरणको खबर तब पुग्यो, जब उनीहरु स्टेडियम आउनका लागि बसको यात्रामा थिए ।

उनले भने, ‘म भावनात्मक तरिकाले टुटेको थिएँ । मैँले फैसला गर्नु थियो कि म मानसिक रुपमा खेल्न तयार हुन सक्छु कि सक्दिँन ? म असमन्जसमा थिएँ । अब के गर्ने भन्ने मलाई थाहै थिएन । अन्त्यमा मैँले फैसला गरेँ कि म आफ्नो देशका तमाम जनतालाई निराश बनाउन सक्दिँन ।’

उनले भने, ‘मैँले यस कुरालाई आफ्नो दिमागबाट बाहिर निकाल्नु थियो र आफ्नो देशको नेतृत्व गर्नु थियो । म यो कुरा आफ्ना कोच र संघलाई बताउँन सक्दिँनथे । तर यो कुरा मेरा केही नजिकका साथीलाई भने थाहा थियो ।’

मिकेलले यस खेलमा पूरै ९० मिनेट खेलेका थिए । यद्दपी अर्जेन्टिनाले नाइजेरियालाई २-१ ले हरायो । मिकेलले भने, ‘अपहरणकारीले मलाई यो कुरा अरु कसैलाई भनिस् भने तेरो बुवालाई मारिदिन्छु भनेको थिए । त्यस कारण मैँले यो कुरा आफ्नो कोचसंग पनि शेयर गर्न पाइनँ । किनकि म चाहँदैन थेँ कि कुनै अप्रिय घटना नघटोस्’

कप्तान मिकेलले भने, ‘मेरो बुवा सोमबार दिउँसो सही सलामत घर फर्किएका छन् । म पुलिसलाई यो सहयोगका लागि धन्यवाद दिन चाहान्छु’