मुगु– मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ ।


ADVERTISEMENT


उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ । “गाउँमा औलो रोग फैलिँदै छ, औषधि र स्वास्थ्यकर्मीको अभाव छ, कसरी ज्यान जोगाउने भन्ने चिन्ता स्थानीयवासीको छ,” रिघा गाउँका मनोज गिरीले भने।


ADVERTISEMENT

# # #


औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधिको अभाव यहाँ देखिएको छ, रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब मुकुन्द कार्कीले भने, “जिल्लाबाट पठाइएको औषधिसमेत सकिएकाले यो रोग नियन्त्रण गर्न कठिनाई भएको छ ।”

यो रोगको नियन्त्रणका लागि अस्पतालसंग भएको औषधि र आवश्यक जनशक्ति प्रयोग भइरहेको छ, जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेश्वर श्रेष्ठले भने, “ बिरामीको उपचारका लागि रोग नियन्त्रण शाखा टेकु काठमाडौँबाट औषधिसहित औलो रोग विशेषज्ञ टोली आउन लागेको छ ।”