काठमाडौँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मानवअधिकारको संस्थागत संरक्षणका लागि प्रहरीले मानवअधिकार शाखाको स्थापना गरी काम गर्दै आएको बताएका छन् ।


ADVERTISEMENT


प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागद्वारा आज यहाँ आयोजित ‘मानवअधिकार संरक्षण प्रवद्र्धनमा नेपाल प्रहरी’ विषयको कार्यशाला गोष्ठीमा उनले नेपाल प्रहरीले मानवअधिकार संरक्षण र संबद्र्धन गर्ने कार्यमा समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानवअधिकारका लागि आधारभूत कानून निर्माण, परिवर्तन र व्यवस्थापन आवश्यक रहेको उल्लेख गरेका छन् । पूर्वमहान्यायाधिवक्ता प्रा डा युवराज संग्रौलाले ‘प्रहरी व्यवहार तथा यातनाः नागरिक दृष्टिमा नेपाल प्रहरी’ तथा अधिवक्ता सुभाष आचार्यले ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ बारे प्रस्तुतीकरण दिएका थिए । रासस