सुर्खेत– महिनावारी हुँदा बस्ने छाउगोठमा भएको सामुहिक बलात्कार प्रकरणमा पीडितसँगै सुतेकी युवती पक्राउ परेकी छन् । प्रहरीका अनुसार स्थानीय १६ वर्षीया निर्मला शर्माकै योजना र मिलेमतोमा ति युवतीमाथि सामूहिक बलात्कार भएको थियो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर रेग्मीले निर्मलालाई मंगलबार पक्राउ गरिएको जानकारी दिए । ‘निर्मला महिनावारी भएकाले पीडित युवती उनको साथी बस्न छाउगोठमा गएकी हुन्’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट निर्मलाकै योजनामा उनीमाथि सामूहिक बलात्कार भएको पाइएको छ ।’


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार राति साढे १० बजेतिर निर्मलाका कान्छो बुवाको छोरा जनक शर्मा, चेतन गिरी र पदम गिरी छाउगोठमा आएका थिए । त्यतिबेला पीडित युवती सुतेकी थिइन् । निर्मला पदमसँग बाहिर निस्किन् । जनक र चेतनले सुरुमा बलात्कार गरे । – आजको नागरिक दैनिकबाट