कायरो– इजिप्टको एउटा अदालतले पूर्व स्लामिक राष्ट्रपति मोहमद मोर्सीका एक जना सल्लाहकार र अरु १३ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।


ADVERTISEMENT


अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सँजायको फैसला गरेको हो ।


ADVERTISEMENT

# # #


मुस्लीम ब्रदरहुडमा आवद्ध राष्ट्रपतिका आर्थिक सल्लाहकार रहेका अब्दुल्लाह शेहात सन् २०१२ मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित रहेका थिए ।

आजीवन जेल सजाँय सुनाइएका शेहात र अरु १३ जनालाई हतियारको कारोबार गरेको र अवैध समूहमा आवद्ध भई जनताको स्वतन्त्रताको अधिकार उल्ङ्घन गरेको आरोप लगाइएको छ ।

अदालतले अरू छ जनालाई १५ बर्षका लागि र दश जनालाई दश बर्षका लागि जेल सजाय गर्न पनि आदेश दिएको छ ।

आजीवन जेल सजाय तोकिएकालाई झै उनीहरूलाई पनि उही अभियोग लगाइएको इजिप्टको सरकारी टेलिभिजनले जनाएको छ । रासस