काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।


ADVERTISEMENT


सांसद दिलेन्द्रप्रसाद बडुले प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावको समर्थकमा पार्वती डिसी चौधरी र अख्तहर कमाल मुसलमान छन् ।


ADVERTISEMENT

# # #


प्रस्तावक बडुले स्रोतसँग कुरा गर्दै सरकारले ल्याउन लागेको चिकित्सा शिक्षा विधेयकमा यसअघिको अध्यादेशका सबै कुरा समेट्न र त्यसैका लागि अनसनरत डाक्टर केसीको जीवन रक्षा गर्न प्रस्ताव दर्ता गराएको जानकारी दिए ।

संसद बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रस्ताव आजै अघि बढाउने बताएको पनि सांसद बडुले जानकारी दिए ।