काठमाडौं–रसियामा भर्खरै सम्पन्न ब्राजिल र बेल्जियमबीचको खेलमा ब्राजिल २–१ ले पराजित भएको छ। जीतसँगै बेल्जियमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।


ADVERTISEMENT


कजान रंगशालामा भएको खेलमा ब्राजिलले खेलको १३ औं मिनेटमा आत्मघाती गोलका कारण पछाडी पर्न गएको थियो । बेल्जियमले प्रहार गरेको कर्नरबाट आएको बललाई क्लिएर गर्ने क्रममा फर्नाडिन्होले गरेको हेडले ब्राजिलको आफ्ने पोस्टको जाली चुमे पछि ब्राजिल एक गोले पछि पर्‍यो ।


ADVERTISEMENT

# # #


आत्मघाती गोलबाट पछाडी परेको ब्राजिललाई बेल्जियमले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गर्दै सेमिफाइनलबाट अझ पर धकेल्ने काम गरे ।

बेल्जियमका लागि दोश्रो गोल डिब्रुएनेले खेलको ३१ औं मिनेटमा गरेका थिए । २–० गोलले पछाडी परेको ब्राजिलले खेलमा फर्किन हरसम्भव प्रयास गर्यो र बेल्जियन पोस्टमा आक्रमण बनायो। उसले प्रहार गरेका थुप्रै प्रहार गोलमा परिणत हुन सकेन । उसले २७ वटा प्रहार बेल्जियन गोलपोस्टमा गरेको थियो जसमध्ये ९ वटा प्रहार ुसट अन टारगेटु थिए ।

यस्तैमा खेलको ७६ औं मिनेटमा अगस्टोले गरेको गोलबाट ब्राजिलले खेलमा फर्किने आशा जगायो । ब्राजिलले खेलको अन्तिम मिनेटसम्म खेलमा गोल गर्ने प्रयास गरेपनि ऊ सफल हुन सकेनन् र बेल्जियमलाई २–१ को नतिजा सुम्पन बाध्य भयो ।

बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्सको सामना गर्नुपर्नेछ । शुक्रबार नै सम्पन्न भएको फ्रान्स र उरूग्वेबीचको खेलमा फ्रान्सले २ गोलको विजय हासिल गरेको थियो ।