एजेन्सी– रसिया विश्वकपमा शनिबार क्वाटरफाइनलका अन्तिम खेल हुँदैछन् । क्वाटरफाइनलमा शनिबार (आज) पहिलो खेलमा स्वीडेनले इग्ल्यान्डको सामना गर्दैछ । स्वीडेन र इग्ल्यान्डबीचको खेल रसियाको समरा एरिनामा नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा हुनेछ ।


ADVERTISEMENT


यसअघि सन् १९५८ मा स्वीडेन घरेलु मैदानमा फाइनल खेलमा ५—२ गोलले पराजित हुँदै उपविजेतामा चित्त बुझाएको थियो । त्यसपछि सन् १९९४ मा स्वीडेन सेमिफाइनल पुगेको थियो भने त्यसपछिको स्वीडेन विश्वकप उपलब्धी अन्तिम १६ मै सिसमत छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, इग्ल्यान्डले सन् १९६६ मा पहिलो पटक विश्वकप ट्रफी उचालेको थियो भने त्यसपछि सन् १९९० मा इग्ल्यान्ड सेमिफाइनल पुगेको थियो । सेमिफाइनल खेलमा इग्ल्यान्ड र जर्मनीले १—१ गोल बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा जर्मनीसँग इग्ल्यान्ड ४—३ गोलले पराजित भएपछि तेस्रो स्थानका लागि खेलेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा इग्ल्यान्ड इटालीसँग २—१ गोलले पराजित भएपछि चौथो स्थानमै चित्त बुझाएको थियो ।

क्वाटरफाइनल खेलमा एक अर्कालाई पराजित गर्दै सेमिफाइनल पुग्ने रणनीतिमा इग्ल्यान्ड र स्वीडेन रहनेछन् ।

हेड टु हेड
अहिलेसम्म स्वीडेन र इग्ल्यान्डको भेट २४ खेलमा भएको छ । जसमध्ये ८ खेलमा इग्ल्यान्डले जितेको छ भने ७ खेलमा स्वीडेनले बाजी मारेको छ । त्यस्तै, ९ खेल इग्ल्यान्ड र स्वीडेनले बराबरी खेलेका छन् ।

विश्वकप फुटबलको सेमिफाइनल पुग्ने लक्ष्यका साथमा आज यी दुई टिम प्रतिस्पर्धा गर्दैछन् । स्वीडेनसँग आन्डे«स ग्राभिस्ट, ओली तेभेनेन जस्ता खेलाडी छन् । यता, इग्ल्यान्डसँग पनि सर्वाधिक गोलकर्ता ह्यारी केन, जेशे लिङगार्ड जस्ता खेलाडी छन् ।