काठमाडौं–उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूरहरु चढेको ट्रिपर दुर्घटनामा परि रोल्पाका ९ जना, दाङका ६ जना र स्याङ्जा, कैलाली, धादिङ, ओखलढुङ्गा, कपिलवस्तुका १/१ जना गरि २० जना मजदूरहरूको निधन भएको प्रति सभामुख कृष्ण बहादुर महराले दुःख व्यक्त गरेका छन् ।


ADVERTISEMENT


शनिबार एक शोक वक्तब्य जारी गर्दै महराले दुर्घटनामा परि निधन भएका मजदूरहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग अनुरोध पनि गरेका छन् ।

वक्तब्यमा महराले सवारी दुर्घटनामा ज्यान गुमाउने नेपालीहरुको संख्या निकै बढिरहेको भन्दै यस्ता दुर्घटनाहरुलाई सडक, चालक वा अरु कसैलाई दोष दिएर पन्छिनेभन्दासवारी दुर्घटना रोक्न नीतिगत र व्यवहारिक रुपमै विशेष कार्यक्रम बनाउन जरुरी भइसकेको उल्लेख गरेका छन् ।