काठमाडौँ– काठमाडौँ महानगरपालिकामा एक लाख ३२ हजार ८८६ मतगणना गर्दा नेकपा (एमाले)ले ४४ हजार ३२१ मत प्राप्त गरी आफ्नो अग्रता कायम गरेको छ ।


ADVERTISEMENT


अहिलेसम्मको मतगणना हेर्दा कामपामा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ४४ हजार ३२१ मत प्राप्त गरी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशीले ३० हजार ९७० मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै, विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले १६ हजार ६१ र साझाका किशोर थापाले १२ हजार ५७ मत प्रप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ९७४ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपप्रमुखमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ४० हजार १०५, राप्रपाका राजाराम श्रेष्ठले २४ हजार १०३, साझा पार्टीका तर्फबाट निरुपमा यादवले सात हजार ७९० मत र माओवादी केन्द्रकी सुशीला पौडेलले ६ हजार ५५८ मत प्राप्त गरेका छन् ।

तत्कालका लागि वडा नं  ४, १८, २० र ३२ को जम्मा मतपरिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ भने १०, १४ र १६ नं वडाको मतगणाना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।