काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकले पार्टी नियमावलीलाई टुंगो लगाउने बताइएको छ ।


ADVERTISEMENT


बैठकले पछिल्लो राजनीतिक घटनाक्रम, प्रमुख प्रतिपक्षी काँग्रेसको विरोध लगायतका विषयमा छलफल भइरहेको छ । सरकार विरुद्ध काँग्रेसले सडकदेखि सदनसम्मको आन्दोलनलाई आक्रमक बनाएको छ । सरकारको काम कारवाही प्रभावकारी बनाउने विषयमा समेत नेकपाले आफ्नो धारणा बनाउनेछ ।


ADVERTISEMENT

# # #


यस्तै, बैठकले तत्कालिन एमाले र माओवादी केन्द्रका भातृसंगठन र शुभेच्छुक संस्थाको एकीकरण प्रक्रिया अघि बढाउने बताइएको छ ।

यसअघि मंगलबार बसेको नेकपाको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीको टुंगो लगाउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको थियो। सो बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको नियमावलीलाई परिमार्जन सहित सचिवालयले पास गर्नुपर्ने धारणा स्थायी कमिटी सदस्यहरुले राखेका थिए।