म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको घ्यासीखर्कस्थित रघुगंगा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । रु २९ लाख ९२ हजारको लागतमा निर्माण भएको ६३ मिटर लामो झोलुङ्गे पुलबाट कुइनेमंगलेका चौरखानी, मंगलेखानी, खरिबोट, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी गाउँका १६९ घरधुरीका एक हजार जना लाभान्वित भएका छन् ।


ADVERTISEMENT


झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) को रु २५ लाख ५९ हजार, गाउँपालिकाको रु एक लाख ८६, ६० हजार ५०० श्रमदान, टिबीएसयुको रु एक लाख ९२ हजारको लठ्ठा र बु्रल्डअफ ग्रिप सहयोगमा पुल निर्माण भएको उपभोक्ता समितिका सचिव अगेन्द्र छन्त्यालले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको पुलको शुक्रबार रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्दैं पुलले आवतजावतमा सहज बनाएको बताएका छन् ।

लक्ष्यअघि नै भवन निर्माण
मालिका गाउँपालिका–४ च्युरिबोटस्थित ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माण कार्य लक्ष्य अघिनै सकिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङद्वारा सञ्चालित भवन निर्माण योजना लक्ष्य भन्दा तीन महिना अघिनै सम्पन्न भएको हो ।

१५ महिनामा भवन बनाउने सम्झौता भए पनि १२ महिनामा भवन बनाएको वडाध्यक्ष दिलीपकुमार शेरचनले बताएका छन् । पूर्वाधार योजना ढिलासुस्तीले थला परेको अवस्थामा भवन बनाउने ठेक्का लिएको गाल्वा जयलक्ष्मी जेभिले इच्छाशक्ति, समन्वय, समुदायको सहयोग र सक्रियता भएमा ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको अध्यक्ष शेरचनले बताए ।

१७ श्यया क्षमत्ताको पूर्वाधार सहितको दुई तले भवन निर्माण कार्य विसं २०७४ साउनमा शुरु भएको थियो । रु एक करोड २६ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक जयन्द्र श्रेष्ठले प्रक्रिया पूरा गरेर भवन डिभिजनमार्फत स्वास्थ्य चौकीलाई भवन हस्तान्तरणको तयारी गरेको बताए ।

कार्ययोजना तयार पारेर पर्याप्त मजदुर, निर्माण सामग्री जुटाएर काम गरेकाले लक्ष्य अघिनै भवन बनाउन सफल भएको व्यवसायी श्रेष्ठले बताएका छन् । रासस