एजेन्सी–अमेरिकी विदेशमन्त्रीसँगको भेटघाटपछि उत्तर कोरियाली समाचार एजेन्सीले ‘अमेरिकाको आचरण अफसोसजनक’ भएको बताएको छ । उत्तर कोरियाली सरकारका एक प्रवक्तालाई हवाला दिँदै समाचार एजेन्सीले भन्यो, ‘अमेरिकी विदेशमन्त्री माइक पोम्पिायोले परमाणु निश्शस्त्रीकरणका लागि जुन माग गरिरहेका छन्, त्यो एकतर्फी छ ।’


ADVERTISEMENT


माइक पोम्पियो शुक्रबार दुई दिवसीय यात्रामा उत्तर कोरिया पुगेका थिए जहाँ उनले उत्तर कोरियाली नेतासँग भेटवार्ता गरे । त्यसपछि उनी जापान प्रस्थान गरे । उत्तर कोरियाको बयानभन्दा ठिक अघि पोम्पियोले उत्तर कोरियासँग उनको कुराकानी ‘सकारात्मक’ भएको बताएका थिए ।


ADVERTISEMENT

# # #


उत्तर कोरियाको मनसायमाथि उठ्यो प्रश्नः
हालै सिंगापुरमा किम जोंग–उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेटघाट भयो । दुबै नेताका बीच उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने विषयमा सहमती भयो ।

तर हालै अमेरिकी मिडियाले उत्तर कोरियाले परमाणु निश्शस्त्रीकरणको बचनबाट पछि हटिरहेको र आफ्नो परमाणु कार्यक्रमलाई गोप्य रुपमा अघि बढाइरहेको भन्ने समाचार प्रकाशित गरिरहेका छन् । उक्त खबरपछि सिंगापुरमा बनेको सहमतीको विषयमा उत्तर कोरियाको मनसायमाथि प्रश्न उठ्न थालेको छ ।

अमेरिकी गुप्तचर एजेन्सीको गोप्य दस्तावेज अनुसार पहिले जस्तै उत्तर कोरियाको परमाणु कार्यक्रम जारी छ र उनीहरुले युरेनियमको संवद्र्धन गरिरहेका छन् ।

अमेरिकी मिडिया अनुसार उत्तर कोरिया योंगब्योन परमाणु संयन्त्रको क्षमता बढाइरहेको छ जुन आधिकारिक रुपमा देशको एकमात्र युरेनियम संवर्धन प्लान्ट हो ।

अमेरिकी मिडियाको दाबी अनुसार योंगब्योनबाहेक अन्य दुई गोप्य स्थानमा काम चलिरहेको छ । साथै उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल लञ्च प्रणाली पनि बनाइरहेको छ । उनीहरु ठोस् परमाणु इन्धन प्रयोग गर्ने मिसाइलको उत्पादन पनि बढाइरहेको बताइएको छ ।

मिडियामा आइरहेको खबर कति विश्वासिलो ?
यो साँचो हो कि यो आधिकारिक बयान होइन । तर यो रिपोर्टलाई उत्तर कोरियाका मुद्दामाथि निगरानी राख्ने जानकार सही मान्छन् ।

यो रिपोर्ट अमेरिकी गुप्तचर समुदायको अज्ञात स्रोत र ३८ नर्थ नामको वेबसाइटमा प्रकाशित योंगब्योनमा आधारित थियो ।

मेसाच्यूसेट इन्स्टिच्युट अफ टेक्नोलोजीमा राजनीति विज्ञानमा प्रध्यापक र प्रसार मामलाका जानकार विपिन नारंग भन्छन्, ‘यीमध्ये कुनै पनि व्यवहार किम जोंग उन र डोनल्ड ट्रम्पबीच सिंगापुरमा बनेको सहमतीको उल्लंघन होइन ।’

यो भेटघाटमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा परमाणु निश्शत्रीकरणलाई बचन दिएका थिए तर यो थुप्रै चरणमा हुनु थियो । तर यसबारे बिस्तारमा केही पनि बताइएको थिएन । नारंग भन्छन्, ‘यो एकतर्फी वा अचानक हुने काम होइन त्यसकारण किम अहिलेको समयमा परमाणु संयन्त्रको काम जारी राख्नका लागि स्वतन्त्र छन् ।’

तर उत्तर कोरियाको परमाणु संयन्त्रमाथि काम भइरहेको खबरलाई सम्मेलनको मूल भावनाविरुद्धको रुपमा हेरिएको छ ।

के हो ताजा जानकारी ?
ठोस परमाणु इन्धन भएको रकेटलाई एउटा स्थानबाट अर्को स्थानमा पुर्याउन सजिलो हुन्छ र यो उत्तर कोरियाका लागि नयाँ उपलब्धि हो । यसका साथै मोबाइल लच प्लेटफर्ममार्फत उत्तर कोरिया यस्ता स्थानमा मिसाइल छोड्न सक्छ जसबारे दक्षिण कोरिया र अमेरिकालाई सजिलै थाहा हुनेछैन ।

तर अहिलेको सबैभन्दा ताजा जानकारीका अनुसार उनीहरुसँग गोप्य युरेनियम एनरिचमेन्ट प्लान्ट छ । उत्तर कोरियाले योंगब्योन परमाणु संयन्त्र भएको कुरा आधिकारिक रुपमा स्विकारेको छ ।

अहिलेसम्म यसको शंका मात्र थियो । एनबीसीमा आएको एक एक्सक्लूसिभ रिपोर्टमा अमेरिकी गुप्तचर विभागको हवाला दिँदै योंगब्योनबाहेक अर्को एउटा नाम बताइएको थियो र थप एक स्थानबारे शंका गरिएको थियो ।

नारंग भन्छन्, ‘तपाईं उत्तर कोरियाको रणनीतिबारे थाहा पाउन सक्नुहुन्छ । एकतर्फ उनीहरुले आफ्ना केही सेन्टरको नाम बताएका छन् र त्यसलाई बन्द गर्ने पनि बताएका छन् । यसरी उनीहरुले आफूमाथि लागेको प्रतिबन्ध हटाउन चाहन्छन् । तर दोस्रोतर्फ उनीहरु यी गोप्य स्थानमा आफ्नो काम पहिले जस्तै अघि बढाइरहेका छन् ।’

यो सम्भव छ कि जुन जानकारी अहिले चुहिएको छ त्यसबारे अमेरिकी गुप्तचर एजेन्सीलाई पहिले नै थाहा थियो । र यो पनि सम्भव छ कि ट्रम्पलाई यसबारे सिंगापुरमा भेटवार्ता हुनु अघि नै बताइएको छ ।

ग्रिफिथ एशिया इन्स्टिच्यूटमा एडजंक्ट रिचर्स फैदलो आन्द्रे अब्राहिम्यान उत्तर कारियामा मामलाका जानकार हुन् । उनी भन्छन्, ‘हालै जुन दस्तावेज चुहिएका छन् त्यसबारे यो अन्दाज लगाउन सकिन्छ कि यो जानीजानी गरिएको कोसिस हो ता कि गोप्य जानकारी सर्वसाधारणसम्म पुर्याउन सकियोस् ।’

जानकारका अनुसार यसको उद्देश्य उत्तर कोरियामाथि दबाब दिनका लागि हुनसक्छ । अमेरिकी गोप्य तन्त्रको पहुँचबारे जानकारी दिएर अमेरिकाले उत्तर कोरियालाई आफ्नो गोप्य स्थानबारे जानकारी साझा गर्न दबाब दिएको पनि हुनसक्छ ।

तर सबैभन्दा ठूलो प्रश्न यो हो कि के सिंगापुर सम्मेलनपछि उत्तर कोरियामाथि यस्तो प्रकारको दबाबले काम गर्ला ?

नारंग भन्छन्, ‘उत्तर कोरियालाई यो थाहा छ कि चीन उनीहरुविरुद्ध कडा प्रतिबन्धको समर्थन गर्दैन चीनको मद्दत बिना अमेरिका एक्लैले त्यस्तो केही पनि गर्न सक्दैन ।’ अन्ड्रिया इलमर/बीबीसी