रौतहट– अज्ञात समूहले रौतहटमा गोली प्रहार गरी मोटरसाइकलसहित १ व्यक्तिलाई लुटेका छन् ।


ADVERTISEMENT


बारा सुर्वण गाँउपालिका–८ का किशोर साह कानु जिल्लाको देवाही गोनाही नगरपालिका–४, बकैया खोला किनारमा शनिबार राति ८ः३० बजे लुटिएका हुन् ।


ADVERTISEMENT

# # #


लुटेराले गोली प्रहार गरे पनि साह त्यसबाट जोगिएका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका उनको गरुडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

साहले तीन जनाको संख्यामा रहेका लुटेराहरुले गोली प्रहार गरेर आफूले चढेको मोटरसाइकलसहित पैसा र मोबाइल लुटेर भागेको बताए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी निरीक्षक मनोज यादवले देवाही गोनाहीको प्रेमपुर गोनाहीमा रहेको ससुराली आउदै गरेका साह मोटरसाइकल, रकम र मोबाइलसहित गए राति ८ः३० बजे बकैयाको बाँधमा लुटिएको बताए ।

प्रहरीले लुटिएको मोटरसाइकल घटनास्थलभन्दा ३ किलोमिटर पूर्व देवाही गोनाही ८ को एक पोखरी नजिक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।