दाङ– राप्ती गाउँपालिकाको न्यायिक समितिमा हालसम्म २२ विवाद दर्ता भएका छन् ।


ADVERTISEMENT


गाउँपालिका न्यायिक समितिका संयोजक जगदम्बाकुमारी चौधरीले दर्ता भएका विवादमध्ये आठ विवाद मेलमिलापद्वारा समाधान गरिएको, दुई विवाद भूमिसुधार कार्यालयमा समाधानका लागि सिफारिस गरिएको र तीन वटा इलाका प्रहरी कार्यालय भालुवाङमा समाधानका लागि पठाइएको छ ।


ADVERTISEMENT

# # #


अन्य विवाद छलफलका क्रममा छन् । समितिमा जग्गा विवाद, लेनदेन, घरझगडा, कुलो विवादलगायत विवाद आउने गरेका छन् ।समाधानका क्रममा विवादित पक्ष समयमा नआउँदा पनि समस्या हुने गरेको समितिका संयोजक चौधरीले बताएका छन् । उनका अनुसार समितिले १३ प्रकारका विवाद निरुपण गर्ने र ११ प्रकारका विवादलाई मेलमिलापको माध्यमबाट गर्ने गरिएको छ ।

यसैबीच गाउँपालिकाको तेस्रो गाउँसभाको बैठकबाट गाउँपालिकाको न्यायिक समितिको कार्यविधिसम्बन्धी विधेयक २०७५ सर्वसम्मत स्वीकृत भएको छ । विधयक स्वीकृत भएसँगै न्याय सम्पादनमा थप सजिलो भएको समितिले जनाएको छ । रासस