काठमाडौं–नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा एयरपोर्टबाट फर्काइएको प्रति राष्ट्रिय सभामा सरकारको जवाफ माग गरेको छ ।


ADVERTISEMENT


राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा रोकिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए । उनले सन् २०२४ मा नेपालमा विश्व संस्कृत सम्मेलन आयोजना गर्ने म्याण्डेट लिने अवसर अप्ठेरोमा परेको बताए ।


ADVERTISEMENT

# # #


‘नेपालले सन् २०२४ मा सम्मेलन आयोजना गर्ने तयारीमा जानुपर्ने महत्वपूर्ण काममा बाधा पुगेको छ’, पाण्डेले भने ।

उनले एयरपोर्टमा प्रक्रिया पुरा गर्दा ६ जनालाई बाहिर जाने अनुमति दिएको तर उपकुलपतिलाई हठात् प्रहरीले धरपकड गरेर ल्याइएको भन्दै विरोध गरे ।

‘साढे पाँच बजे उहाँलाई एयरपोर्टबाट बालुवाटार ल्याइयो र साढे ७ बजे मात्र मुक्त गरियो’, पाण्डेले भने, ‘प्रधानमन्त्रीले भेट्न खोज्नु भएको भनियो । तर समय नभएको भनेर अर्को दिन भेट्न भनियो । ८ बजे प्लेन उड्दै थियो । यो निरंकुश घटना भयो ।’