काठमाडौँ– नेपालले अन्तरिक्षमा आफ्नै स्याटालाइट (भू–उपग्रह) राख्ने भएको छ । आइतबार राष्ट्रियसभा विनियोजन विध्येयकमाथिको छलफलमा बोल्दै सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले नेपालले आफ्नै स्याटालाइट राख्नका लागि अध्ययन गरिरहेको बताएका हुन् ।


ADVERTISEMENT


आफ्नै भू-उपग्रह हुनु संसारका स्वतन्त्र, सार्वभौम सत्तासम्पन्न राष्ट्रहरुको गौरवको कुरा भएकोे भन्दै उनले यसका लागि सरकारले आह्वान गरेको आशयपत्रमा २० वटा कम्पनी इच्छुक देखिएको बताए । उनले नेपालमा आफ्नै भू-उपग्रह राख्नका लागि विश्व दूरसञ्चार संघ (आइटीयू)बाट अर्बिटल फ्लट प्राप्त भएकाले अब राख्ने कि नराख्ने भन्ने कुरा नेपालको आर्थिक क्षमतामा भर पर्ने बताए ।


ADVERTISEMENT

# # #


नेपालले अहिले अन्य देशको स्याटालाईट प्रयोग गरेबापत वार्षिक अर्बौँ रुपैयाँ तिर्नु परेको बताउँदै उनले राष्ट्रको गौरव र आकाशमा पनि आफ्नो बेग्लै स्वतन्त्रता स्थापित गर्न चाहाने हो भने यो अनिवार्य रहेको बताए । ‘सरकारले यसको बारेमा काम गरिरहेको छ र यो हुनुपर्छ भन्ने माग मन्त्रालयको पनि छ । तर, एउटै प्रश्न छ कि आर्थिक हिसाबले हामी सक्छौँ कि सक्दैनौँ ? लगानी गर्दा कती वर्षमा त्यो फिर्ता हुन्छ त्यो पनि हेर्नु पर्छ ।’ उनले भने ।

यस्तै उनले हुलाक सेवालाई आधुनिकिकरण गर्नमा सरकारले अध्ययन गरिरहेको बताए । उनले भने, ‘अब परम्परागत तरिकाले हुलाक चल्न सक्ने अवस्था छैन । त्यसैले यसको व्यवस्थापनका लागि मन्त्रालयले अहिले एउटा कार्यदल बनाएर अध्ययन गरिरहेको छ ।’