काठमाडौं–यतिबेला बलिउड नायक मिथुन चक्रवर्तीको छोरा महाक्षय चक्रवर्तीको कारण बलिउड फिल्म नगरी तातेको छ । मिथुन पुत्र महाक्षयको जव विवाह ७ जुलाईमा हुँदै थियो तव एक युवतिले उनीमाथी बलात्कारको आरोप लगाएकी छिन् । उक्त युवतिले महाक्षय र उनकी आमा योगीतालाई बतात्कार र त्यसपछि जवरजस्ती गर्भपतन गर्न बाध्य बनाएको आरोप लगाएकी छिन् ।


ADVERTISEMENT


महाक्षय र मदालसा
भोजपुरी फिल्मकी नायिका समेत रहेकी उक्त आरोप लगाउने युवतीले प्रहरीमा उजुरी गरेपछि महाक्षयको वैवाहिक मण्डपमा विवाह हुँदा हुँदै प्रहरीले हस्तक्षेप गरेको थियो । महाक्षय र अभिनेत्री शिला शर्माकी छोरी मदालसा शर्माबीच बिहे हुँदैथियो ।


ADVERTISEMENT

# # #


ति भोजपुरी फिल्मकी नायिकाले आफु र महाअक्षय बिच सन् २०१५मा मुम्बईमा भेट भएको र त्यस भेटसँगै आफुहरु नजिकिएको र महाअक्षयले विाह गर्ने शर्तमा पटक पटक शारिरिक सम्बन्ध राखेको र अन्तमा जव गर्भ रह्यो सो कुरा थाहा पाएपछि महाअक्षय र उनकी आमाले आफुलाई जवरजस्ती गर्भपतन गराएको प्रहरीमा उजुरी दिएकी छिन् ।उनले महाअक्षयकी आमा योगितालाई पनि विपक्षी बनाएकी छन् ।

छोराको विवाह रोकीएपछि यतिबेला मिथुन तनावमा छन् भने विवाह कहिले हुने या हुने नहुने अन्यौल भएको छ ।