सप्तरी । सुरक्षासंगै सामुदायिक सेवा भावमा समेत नेपाल प्रहरी जिम्मेवार छ भन्ने तस्बिर देखिएको छ ।


ADVERTISEMENT


नेपाल सरकार र एसियाली बिकास बैंकको संयुक्त सहयोगमा सप्तरी राजबिराजमा महिला बालबालिका सेवा केन्द्र भवन निर्माण भएको छ । सो भवनको उद्घाटन अपराध अनुसन्धान बिभागका प्रहरी प्रमुख डिआईजीपी धिरु बस्न्यातको बाहुलीबाट भयो ।


ADVERTISEMENT

# # #


उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्न्यातले महिला र बालबालिका बिरुद्द हुने अपराध नियन्त्रण, रोकथाम एवम् अनुसन्धानको लागि नेपाल प्रहरी अहोरात्र खटिईरहेको बताएका छन् । महिला र बालवालिकाहरु समाजका गहना भएको बताउँदै उनले समाजका कुनैपनि सम्बेदनशिल पक्षलाई दुरुपयोग गर्दै घटाईने अपराधको अन्त्य गरेरै छोड्ने बताए ।

अपराधमा संलग्न अपराधीहरुलाई कुनै पनि हालतमा नछोडिने उनको भनाई छ । अपराध नियन्त्रणको महान कर्ममा प्रहरीलाई साथ दिन सम्बन्धित सरोकारवाला सामाजिक सस्था तथा नागरिकहरुलाई बस्न्यातको आग्रह छ ।

एडिबी परियोजना संयोजक सुलोचना श्रेष्ठले महिला बिरुद्ध हुने हिंसा न्युनिकरणका लागि नेपाल प्रहरीको भूमिका सह्राहनीय रहेको बताएकी छन् ।

निमित्त जिल्ला प्रमुख अधिकारी नेत्र बहादुर खतिबडाले महिला र बालवालिकाको क्षेत्रमा सबै पक्षले गम्भिर भएर ध्यान पूर्याउनु पर्ने बताएका छन् ।

जिल्ला संजालका अध्यक्ष मनोहर पोख्रेलले महिला बालबालिकाहरु बिरुद्दका बिभिन्न घटनाहरु बढ्दै गईरहेको भन्दै यस्को नियन्त्रण आवश्यक भईसकेको बताए ।

प्रहरी प्रधान कार्यालय महिला बालबालिका निर्देशनालयका निमित्त प्रमुख प्रहरी उपरिक्षक किरण राणाले सुरक्षित घर र लैङ्गिक कोषको लागि स्थानीय श्रोत साधनको समुचित उपयोग गर्नुपर्ने बताएका छन् ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष शिव भट्टराईले मोबाईलको दुरुपयोगबाट बिधार्थी तथा बालवालिकाहरुमा नकारात्मक प्रभाव देखिन थालेको बताएका छन् ।

महिला बालबालिका बिरुद्द जबरजस्ती करणी र आत्महत्याका घटनाहरु बढि रहेको तथ्यांङ्कले देखाएको भन्दै नयाँ योजनाका साथमा सुरक्षा ब्यवस्था बढाउन जिल्ला प्रहरी कार्यालय प्रमुख अनरुद्द त्रिबेदीलाई निर्देशन समेत दिईएको छ ।

कार्यक्रममा भवन निर्माण र महिला बालवालिकाको संरक्षण र सम्बर्धनमा उत्कृष्ट काम गर्ने समाजसवी तथा प्रहरी कर्मचारीहरुलाई सम्मान पत्र समेत दिईएको छ ।