इटहरी– दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि सुनसरीमा मतदान केन्द्रको अध्ययन एवम् अनुगमन गरिएको छ ।


ADVERTISEMENT


नेपाल सरकारले पछिल्लो पटक राज्यको पुनःसंरचनासँगै स्थानीय तह समेतको पुनःसंरचनापछि गर्न लागेको स्थानीय तहको पहिलो निर्वाचन अन्तर्गत सुनसरीका सुरक्षा तथा निर्वाचन कार्यालयले मतदान केन्द्रको अध्ययन एवम् अनुगमन गर्ने कार्य आजबाट सम्पन्न गरेको छ ।


ADVERTISEMENT

# # #


जिल्लाको– ६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपालिका लागि निर्धारण गरिएको १६६ मतदान केन्द्र र ४८४ मतदानस्थलको सुरक्षालगायत अवस्थाका वारेमा आज इटहरीमा समीक्षा समेत गरियो ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत एवम् सुनसरी जिल्लाका मुख्य न्यायाधीश अर्जुन कोइराला, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, नेपाली सेनाका प्रमुख सेनानी शुलभ खड्का, सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेल र सशस्त्र प्रहरीका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार सुवेदीलगायतको सहभागितो थियो ।

सरकारले पछिल्लो समयमा थप गरेको भुटाहा गाउँपालिका र लौकही गाउँपालिकाका मतदान केन्द्र र मतदानस्थलका वारेमा नयाँ व्यवस्थापन गर्नुपर्ने भएकाले ती क्षेत्रमा पनि तत्काल मतदान केन्द्र र मतदानस्थल निर्धारण गर्ने बताइएको छ ।

सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् । निर्वाचनलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई खटाइने छ ।