बुटवल– बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यरातिमा लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो । औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुन सो इन्टरप्राइजेजका सञ्चालक हुन् ।


ADVERTISEMENT

# # #


पहिलो तलाको पूर्व–तर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंँथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्पूर्ण औषधि जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भए पनि कुनै मानवीय क्षति हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले बताए ।

बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितको गुणासो छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बताइएको छ । घरमा भएका ६ वटा सिलिन्डर र इन्भर्टर ब्याट्रिमा कुनै पनि क्षति नहुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको पीडितले बताएका छन् ।

आगलागी भएको पसलको चौथो तलमा ६ जना सुतेका थिए । चौथो तलामा रहेका उनीहरु आगलागी भएपछि छिमेकीको छतबाट बाहिर निस्किएका थिए ।