लण्डन– युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि ब्रेक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ ।


ADVERTISEMENT

# # #


कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठार्यारोमा पर्न सक्ने पनि जनाएका छन् ।

इयुसँग वार्तागर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए। तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् ।

यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन्।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिका अडानहरुबारेमा उनको मतभेद पनि भएको बताइएको थियो ।

सोही कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए । उनले राजिनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ । रासस/एएफपी