काठमाडौं– मनसुन सुरु भएसँगै बाढी, पहिरोसहितका प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाको बैठकमा असार १८ गतेदेखि २५ गतेसम्म प्राकृतिक प्रकोपबाट ४७ जनाको मृत्यु भएको तथ्यांक प्रस्तुत गरेका हुन् । जसअनुसार बाँकेमा ४, रोल्पा, पर्सा र सिरहामा ३–३, सर्लाही, मकवानपुर, बारा, तनहुँ, रौतहट, मोरङ र पश्चिम नबलपरासीमा २–२ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, कैलाली, बर्दिया, दाङ, चितवन, सिन्धुपाल्चोक, काठमाडौं, सिन्धुली, उदयपुर, पश्चिम नवलपरासी र झापामा १–१ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोका कारण ९ जना बेपत्ता र २० जना घाइते भएका छन् । यसैगरी, गृहमन्त्री थापाले मुस्ताङको स्याङ्बोचेमा भएको दुर्घटनामा मृत्यु भएका २० जनाको परिवारलाई सरकारले ५–५ लाख रुपैयाँ राहत दिने जानकारी पनि सदनलाई गराएका हुन् ।

मुस्ताङको स्याङ्बोचे–लोमान्थाङ सडक निर्माणका लागि ट्रिपर चढेर काम गर्न जाँदै गर्दा शुक्रवार भएको दुर्घटना हुँदा २० जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते १२ जनाको मणिपाल शिक्षण अस्पतालमा पोखरामा उपचार भइरहेको छ ।