काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरे ।


ADVERTISEMENT


नेपाली कांग्रेससँग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’ प्रधानमन्त्रीले सम्बोधनका क्रममा सरकारको अहिलेसम्मका कामकारबाहीका विषयमा जानकारी गराएका छन्।


ADVERTISEMENT

# # #


हिजै संसद्मा विशेष सम्बोधन गरेर राजिनामा दिने तयारी गरेका दाहालले एमालेको अवरोधपछि सम्बोधन गर्न पाएका थिएनन् । प्रमुख प्रतिपक्षी एमाले लगायत विपक्षी दलले तराईमा स्थानीय तहको संख्या थपको निर्णयमा विरोध जनाएर सदन अवरोध गर्ने चेतावनी दिएपछि संसद् चल्न सकेको थिएन ।

गत साउन १९ गते ओली नेतृत्वको सरकार ढालेर कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न सघाएको थियो । जसमा स्थानीय निर्वाचन प्रचण्डले गराउने र प्रदेश  तथा केन्द्रको निर्वाचन देउबा नेतृत्वको सरकारले गर्ने भनेर दुई दलबीच सहमति भएको थियो ।

कांग्रेस माओवादी समझदारी अनुसार काम भए अबको १० दिनपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने छन् ।