काठमाडौं– रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज (मंगलबार)बाट सेमिफाइनलका खेलहरु सञ्चालन हुँदैछन् । आजको पहिलो सेमिफाईनलमा फ्रान्स र बेल्जियम आमने सामने हुँदैछन् ।


ADVERTISEMENT


छैटौंपटक सेमिफाइनल खेलिरहेको फ्रान्स र १९८६ मा एक पटक सेमिफाईनल खेलको बेल्जियमबीचको खेल जारी विश्वकपमा रोमाञ्चक हुने धेरै विश्वास गरिएको छ ।


ADVERTISEMENT

# # #


नेपाली समय अनुसार पौने १२ बजे क्रेस्टोभसी स्टेडियममा खेल हुनेछ । यी दुई टोलीबीच ठूला प्रतियोगितामा हालसम्म तीन पटक भएको छ । जहाँ फ्रान्स तीनै पटक जित निकाल्न सफल भएको छ ।

सन् १९३८ को विश्वकपमा भेट हुँदा फ्रान्सले तीन एकले जितेको थियो । त्यसै गरी १९८६ मा चार दुई गोलले हराएको थियो । १९८४ को युरोपियन च्याम्पियनसिपमा भने फ्रान्सले पाच शुन्यले हराएको थियो । तर समग्र खेलको कुरा गर्दा यी दुई राष्ट्रबीचको यो ७४ औ भेट हो । जहाँ ३० पटक बेल्जियमले जितेको छ भने २४ पटक फ्रान्सले जित्दा १९ खेल भने बराबरीमा टुंगिएको छ ।

जारी विश्वकपको समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा जापानलाई हराउँदा क्वाटरफाइनलमा भने ब्राजिल जस्तो बलियो टिमलाई हराएको थियो । सेमिफाईनमा जित निकाल्दै वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ । उसका लागि बेल्जियमका हरेक खेलाडीले मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरिसकेका छन् ।

निकै फर्ममा रहेका रुमेलु लुकाकुको वेग र चाललाई छेक्न सक्नु फ्रान्सको चुनौती बन्नेछ भने सम्पूर्ण समिश्रणले भरिएको फ्रान्सलाई रोक्नु बेल्जियमको निम्ति पनि निकै कडा चुनौती बन्ने पक्कै छ । फ्रान्समा दोस्रो पेलेको उपनाम पाएका केलियन एम्बाप्पे, एन्टोनी ग्रीजम्यान, पाउलो पोग्बाको समिश्रणले फ्रान्सलाई उपाधि नजिक पुर्याउन सक्नेछ ।