काठमाडौं– पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।


ADVERTISEMENT


आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् ।


ADVERTISEMENT

# # #


बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।