काठमाडौं–नेपालले उपहार दिएको एकसिंगे जोडी गैँडा विहीबार बोईङमा राखेर चीन लगिँदै छ ।


ADVERTISEMENT


चितवन राष्ट्रिय निकुञ्जबाट मंगलबार राति काठमडौं ल्याईएको जोडी गैँडा साँझ चीन लान लागिएको हो ।


ADVERTISEMENT

# # #


अपराह्न ४ बजे काठमाडौं उत्रिने चिनियाँ बोईङ भद्र र रुपसी नामका गैगा लिएर साँझ ६ः२० बजे फर्किनेछ ।

गैँडा लिन एक भेटेनरी चिकित्सकसहित दुईजना किपर आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताए । – आजको नयाँ पत्रिकाबाट