एजेन्सी– साउथ चलचित्र ‘२.०’को प्रदर्शन मिति बारम्बार सरिरहेको छ । सन् २०१७ देखि रिलिज हुने भनिएको यो चलचित्र सन् २०१८ मा पनि के हुन्छ भन्ने थियो ।


ADVERTISEMENT


तर, अब यो चलचित्रको प्रदर्शन मिति फाइनल गरिएको छ । चलचित्रका निर्देशक शंकरले यसको प्रदर्शन मिति अब नसर्ने भन्दै ट्विट गरेका छन् ।


ADVERTISEMENT

# # #


उच्च भीएफएक्सका कारणले गर्दा चलचित्रको बजेट पनि ४ सय करोड पुगिसकेको छ । अब, यो चलचित्र सन् २०१८ को नोभेम्बर २९ तारिखमा रिलिज हुने भएको छ । भीएफएक्स कम्पनीले पनि काम सक्ने पक्का गरेकाले यो मितिमा चलचित्र रिलिज हुने शंकरले ट्विट गर्दै बताएका छन् ।

चलचित्रमा रजनीकान्त, अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका छ । चलचित्रमा अक्षय कुमारलाई खलपात्रको रुपमा देखाइएको छ । यो चलचित्रले प्रदर्शन मिति तोकेसँगै यो मितिमा रिलिज हुन लागेको बलिउड चलचित्र ‘केदारनाथ’ अब के हुन्छ भन्ने चर्चा सुरु भएको छ ।