काठमाडौँ– झापास्थित बी एण्ड सी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले आफुले तत्काल शिक्षण अस्पतालको सम्बन्धन प्रक्रिया यथाशक्य पूरा गर्न सरकारसमक्ष माग गरेका छन् ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रसाईले आफू तीन वर्षदेखि अन्यायमा परेको र काठमाडौं बाहिर सुदुरपूर्वमा अस्पताल खोल्दा पनि माफियाको आरोप खेपिरहेको दुःखेसो पोखे ।


ADVERTISEMENT

# # #


उनले भने, ‘२०६८ पुस १४ गते मलाई सरकारले नै बोलाएर एल.ओ.आई दिएको थियो, त्यसपछि मैले मेडिकल कलेजको काम गरेको हुँ, त्यही एल.ओ.आई देखाएर बैंकबाट ऋण लिएको छु, अहिलेपनि ऋणमा छु, के सुदुरपूर्वमा खोलिएको बि.एण्ड.सी को सम्बन्धन रोक्दा देशको स्वास्थ्य क्षेत्रमा सुधार हुन्छ ? पूर्वका २९ लाख जनताको स्वास्थ्योपचार गर्दा मैले अपराध गरें ?

वर्षमा करोडौँ रुपैयाँ कर तिरेको र लाखौँ जनतालाई स्वास्थ्य सेवा दिएको भन्दै उनले डा केसीले यस अघि दुर्गम र टाढाका ठाउँमा मेडिकल कलेज सञ्चालन गर्नु पर्छ भनेर आफुले उठाएको मागअनुसार नै आफुले मेडिकल कलेज खोलेको बताए ।

‘हिजोका दिनहरुमा त्यस क्षेत्रका मानिसहरु भारतको सिलगुढि उपचार गर्न जान्थे, कति छोरीचेलीहरु बलात्कार हुन्थे, आज त्यो समस्या दुर भएको छ, बोरामा बोकेर ल्याएका खुट्टाहरु जोडेर बिरामीलाई घर पठाएका छौं, टाउकाका गोलीहरु निकालेका छौं, वर्षमा १२ करोड बराबरको निःशुल्क उपचार गरेका छौं, राज्यलाई करोडौं रुपैयाँ कर तिरेका छौं । के यो अपराध हो ?’ उनले भने  ।