काबुल– आफगानिस्तानका दुई प्रान्तमा भएका हिंसात्मक घटनामा परी चार प्रहरी र कम्तीमा ८८ लडाकू मारिएका छन् ।
स्थानीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पूर्वी पक्टिआ प्रान्तमा भएको घटनामा ५१ जना तालिबान लडाकूको मृत्यु भएको छ ।


ADVERTISEMENT


सुरक्षाकर्मीहरुसँग भएको झडपका क्रममा अरु कैयौँ लडाकूहरु घाइते पनि भएको समाचारमा जनाइएको छ । अहमद अबाद जिल्लाको बान्ड ए मिचाल्घो क्षेत्रमा बिहीबार केही घण्टाको अन्तरालमा भएका हिंसाका घटनाहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरीका प्रान्तीय प्रवक्ता सरदार वाली तवासामले सिन्ह्वालाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


लडाकूहरूले सुरक्षा चौकीहरुमा आक्रमण गरेपछि झडप भएको हो । लडाकूहरूको आक्रमणमा परी प्रहरीतर्फ पनि चार जना मारिएका छन् भने छ जना घाइते भएका छन् ।

त्यसैगरी उत्तरी जावज्जान प्रान्तमा २८ जना इस्लामिक स्टेट (आइएस) लडाकूहरू मारिएका छन् । सो प्रान्तमा नौ जना तालिवान लडाकूको पनि मृत्यु भएको छ ।

घटनामा परी १६ जना आइएस लडाकू र ११ जना तालिवान लडाकू घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । रासस/सिन्ह्वा