काठमाडौं–उड्ने कार निर्माणको सपना मानिसले धेरै अघिदेखि गरेका हुन् । धेरै उपन्यास र फिल्ममा यसबारे कथा बुनिएका छन् ।


ADVERTISEMENT


अब भने मानिसले देखेको उड्ने कारको सपना साकार हुँदै छ । धेरै कम्पनीले उड्ने कारको विकासमा अनुसन्धान गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


तीमध्ये केही कम्पनी भने परीक्षणको चरणमा छन् । अमेरिकाको क्यालिफोर्नियामा नयाँ खाले उड्ने कार सार्वजनिक गरिएको छ, जसलाई उडाउन पाइलटको लाईसेन्स आवश्यक पर्दैन ।

व्ल्याकफुलाई नाम दिईएको यो कार १० किलोमिटरसम्म उड्न सक्छ । यसलाई निर्माण गर्ने कम्पनीका अनुसार भविष्यमा यो कार गुड्ने खालको स्पोर्टस कारकै मुल्यमा उपलब्ध हुनेछ तर सुरुवाती अवस्थामा भने यो केही महंगो पर्नेछ ।

गुगलका सहसस्थापक ल्यारी पेजको लगनी रहेको अर्को स्टार्ट अप कम्पनी किटी हकले पनि लस भेगसमा व्यक्तिगत रुपमा उडाउन मिल्ने हवाईजहाजको परीक्षण गरिरहेको छ । – आजको कान्तिपुर दैनिकबाट