काठमाडौँ– नेकपाका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमको हृदयघातका कारण निधन भएको छ । काठमाडौँका वाँसवारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत आलमको शुक्रबार निधन भएको हो ।


ADVERTISEMENT


शुक्रबार मात्र प्रधानमन्त्री ओलीले अस्पताल पुगेर आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । कांग्रेससँग पार्टी एकीकरणप्रति असहमति जनाउँदै लोकतान्त्रिक फोरमका तत्कालिन महामन्त्री तथा पूर्व राज्यमन्त्रीसमेत रहेका आलम गत कार्तिक ५ गते एमालेमा प्रवेश गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि आलम नेपाली कांग्रेसका संस्थापक नेता शेख इद्रिसका नाति मुस्ताक आलम लामो समय कांग्रेसको राजनीतिमा थिए । उनका दाजु अफताब आलमले मात्र कांग्रेसबाट सांसद र मन्त्री बन्ने मौका पाएपछि रुष्ट भएर लोकतान्त्रिक फोरम प्रवेश गरे लगत्तै मुस्ताकले रौतहट २ बाट अफताबलाई पराजित गरेका थिए ।

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपाले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्‍य जारी गर्दै मो।मुस्ताक आलमको निधनप्रति दुःख व्यक्त गरेका छन् । आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।