काठमाडौं– माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् ।


ADVERTISEMENT


प्राकृतिक असुरक्षा
बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख कारण हुन् । कतिपय बस्ती भने उत्पादनको कमीका कारणले पनि सार्नुपर्ने अवस्था छ । सिमकोट तल्लो गाउँ हवाईजहाजको आवतजावत तथा पहिरोका कारणले असुरक्षित छ । सबैभन्दा धेरै बस्ती पहिरोका कारणले असुरिक्षत देखिएको अध्ययनमा संलग्न डा. दीपेन्द्र रोकायले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गर्नु नै सुरक्षित गर्ने प्रमुख उपाय रहेको अध्ययनको निष्कर्ष छ । – आजको नयाँ पत्रिकाबाट