काठमाडौं– भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन् । अबुधाबीबाट शुक्रबार राति स्वदेश फर्किएका सरिफसँगै उनकी छोरी मरियमलाई प्रहरीले गिरफ्तार गरेको हो ।


ADVERTISEMENT


भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा ६ जुलाईमा भएको फैसलामा शरिफलाई १० र उनकी छोरी मरियमलाई सात वर्ष जेल सजाय सुनाइएको थियो । तर फैसला सुनाउने बेला श्रीमतीको उपचारका लागि सरिफ परिवारसहित बेलायतमा थिए ।


ADVERTISEMENT

# # #


२५ जुलाइमा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा स्वदेश फर्किएका शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै त्यहाँको प्रहरीले पक्रेको हो । बीबीसीका अनुसार शरिफका बाबु–छोरीलाई त्यहाँको नेशनल अडियाला जेलमा राखिएको छ ।

विमानस्थलमा तनाव
स्वदेश फर्किएका सरिफको स्वागतका लागि पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीले विमानस्थलमा उपस्थित नै जारी गरेको थियो ।

तर पार्टी निर्देशनअनुसार विमानस्थलमा स्वागतका लागि पुगेका कैयौं समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यो क्रममा केहीबेर तनावसमेत भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।