चितवन– भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको रिङ रोड र लिंक रोडको शुक्रबार पटिहानीमा शिलान्यास गरिएको छ ।


ADVERTISEMENT


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रिबन काटेर सो रोडको शिलान्यास गरेका हुन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले रिङरोड र लिंकरोड चितवन विकासको कडी भएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


यस आयोजनामा विनियोजन भएको २ अर्ब बजेट पनि अघिल्लो सरकारकै पालामा भएको उनले जानकारी दिए । बजेटले चितवनलाई सम्बोधन गर्न नसकेपनि चितवन केन्द्र भागमा रहेकाले विभिन्न परियोजना मार्फत् सम्बोधन हुँदै जाने प्रचण्डले उल्लेख गरे । चितवनमा धेरै सम्भावना रहेकाले देशको आवश्यकता अनुसार पुर्वधार विकास हुने उनको भनाइ छ । – आजको नेपाल समाचारपत्रबाट