एजेन्सी– सामसुङ इलेक्ट्रोनिक्सले इन्फिनिटि डिस्प्लेको साथ नयाँ स्मार्टफोन ग्यालेक्सी जे–६ नेपाली बजारमा ल्याएको छ । इन्फिनिटी डिस्प्लेको सुविधाले ग्राहकलार्इ १५ प्रतिशत ज्यादा स्क्रिन प्रदान गर्छ ।


ADVERTISEMENT


यस मोबाइलको पातलो, हलुका तथा होम बटनको सट्टामा सफ्टवेयर पावर्ड इनडिस्प्ले होम बटन हुनु यसको विषेशता रहेको छ । सहजताका लागि फिङर सेन्सर बटनलार्इ पछाडिको भागमा राखिएको छ ।


ADVERTISEMENT

# # #


नयाँ जे–६ मा पोलिकार्बोनट युनिबडी तथा ५.६ एचडी प्लस डिस्प्लेले आकर्षक एवंम सुन्दर बनाएको छ । यो हातमा सजिलै लिन सकिने खालको छ । यस नयाँ सेटमा सामसुङको वेस्ट इनक्लास क्यामेरा प्रयोग गरिएको छ । जे६ मा १३ मेगापिक्सलको रियर सुटरको साथ १.९ अपर्चर रहेको छ ।

यसमा अक्टाकोर प्रोसेसर, ४/६४ जिबि र ३/३२ जिबि र्‍यामर रोममा उपलब्ध रहेको छ । अहिले ग्यालेक्सी जे-६ को मुल्य २९ हजार ९० रूपैँया रहेको छ ।