काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणास्रोत भएको बताएका छन् ।


ADVERTISEMENT


उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा सुरु भएको शान्तिप्रक्रियाबारे आशा व्यक्त गरेका थिए ।


ADVERTISEMENT

# # #


‘देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत बनेको छ,’ उनले भने । उनले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशासमेत व्यक्त गरे। – आजको नागरिक दैनिकबाट