काठमाडौँ– ओली सरकार प्रति व्यङ्ग्य हानिएको तिज गीत सार्वजनिक भएको छ । यदुराम सापकोटाको शब्दमा रहेको पानीजहाज आयो रेल पनि चलेको छ सार्वजनिक भएको हो ।


ADVERTISEMENT


गीतमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई देखाएको आश्वासन र प्रधानमन्त्री ओलीको भाषणलाई समेटिएको छ । यम सापकोटा र ज्योति लोहनीको स्वरमा रहेको उक्त गीतमा पानीजहाज, रेल, फ्री वाईफाई, चन्द्रमा जाने रकेट, पाईपलाईनको ग्यास, स्विजरल्यान्ड लगायत धेरै सपनाका चाङ्हरु लाई समेटेर बनाइएको छ ।


ADVERTISEMENT

# # #


स्मृति तिमीलसिनाको निर्देशनमा रहेको उक्त गीतमा उखान टुक्काले हुँदैन अब काम गर्नुपर्‍यो भनेर आग्रह समेत गरिएको छ । यो गीतको भिडियोमा निर्देशक स्मृति र लोमसको अभिनय रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियोः