काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकप्रियता कमजोर पार्ने कसरत भइरहेको बताएका छन् ।


ADVERTISEMENT


चितवनमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाले पाएको जनमतबाट पूँजीपतिहरु आत्तिएको बताए ।


ADVERTISEMENT

# # #


नेकपाको लोकप्रियता कमजोर पार्ने विभिन्न कसरत भइरहेको भन्दै उनले भने, ‘कहिले के नाममा कहिले के नाममा स्थिरता र अराजकता मच्चाउने प्रयास भइरहेको छ ।’

सरकारका काममा व्यवधान गर्न वितण्डा मच्चाउने प्रयास भइरहेको पनि उनले बताए ।