काठमाडौँ– नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले आफ्ना क्लियर टि.भी.प्रयोगकर्ताका लागि विशेष योजना प्रस्तुत गरेको छ ।


ADVERTISEMENT


कम्पनीले फुटबल विश्वकपको अवसरमा ‘क्लियर टिभि वल्र्डकप किकअफ अफर’ अन्तर्गत ३२ जना भाग्यशाली क्लियर टि.भी.ग्राहकहरुलाई ३ महिनाको क्लियर टि.भी. प्रिमियम प्याकेज प्रदान गर्ने भएको हो । कम्पनीले ८ जुन देखि १५ जुलाईसम्म क्लियर टि.भी. सेवामा ‘क्लियर टिभि वल्र्डकप किकअफ अफर’ योजना प्रस्तुत गरेको छ ।


ADVERTISEMENT

# # #


सो योजना अवधीभर क्लियर टि.भी.सेवा नविकरण तथा नयाँ जडान गरेका ग्राहकलाई समावेश गरी गोला प्रथाद्वारा ३२ जना भाग्यशाली विजेतालाई थप ३ महिनाको क्लियर टि.भी प्रिमियम प्याकेज सेवा प्रदान गर्ने सुबिसुले जनाएको छ । विश्वकपलाई ध्यानमा राखेर ल्याईएको यस योजनालाई ग्राहकले अत्याधिक रुचाएका छन् ।

हाल क्लियर टि.भी. सेवा अर्तगत ६० भन्दा बढी एच डी च्यानलहरु सहित २५० भन्दा वढी डिजिटल च्यानलहरु रहेका छन् ।