काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर कविता लेखेका छन् ।


ADVERTISEMENT


१० हरफको कवितामा प्रधानमन्त्री ओलीले ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गरेका छन् ।


ADVERTISEMENT

# # #


मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको तीनदिने हिमवत कला साहित्य सम्मिलनको अन्तिम दिन कवि कलाकारहरुसँगै केवलकार चढेर चन्द्रागिरि उक्लिएका प्रधानमन्त्री ओलीले कविता रचेका हुन् ।

शीर्षकविताको कवितामा प्रधानमन्त्री ओलीले सपनामा भए पनि लहलह खेतबारी, झपक्क कान्ला र आली देख्न पाउँ भनेका छन् । उनले कवितामा भनेका छन् ‘चन्द्रागिरिको डाँडामा आएर सपनामा भावी सन्तति मुस्कुराएको देख्न पाउँ ।’

यस्तो छ कविता

परिवर्तनशील दुनियाँमा सँधैँ को बाचेको छ र !
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ ।
मरेपनि केही छैन, त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची महाकाली
हाम्रा लह-लह खेतबारी, झपक्क कान्ला र आली
सपना देख्न पाउँ
चन्द्रागिरीको डाँडामा आएर सपनामा
भावी सन्तती मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरेपनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।