पोखरा– पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी विजयी भएका छन् । यससँगै महानगरमा एमाले खाता खोलेको छ ।


ADVERTISEMENT


उनी नेपालको सबैभन्दा ठूलो महानगरको मेयर निर्वाचित भएका हुन् । जिसीले  ६० हजार ११८ मतप्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।कुँवरलाई नेकपा माओवादी केन्द्रले समेत समर्थन गरेको थियो ।


ADVERTISEMENT

# # #


महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बनेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गरिन्  ।