काठमाडौँ– फ्रान्स र क्रोएशियाको बीच हुने फाइनल खेलका साथ आइतबारदेखि फिफा विश्वकप २०१८ समाप्त हुँदैछ । पूरा एक महिना चलेको यो प्रतियोगितामा ३२ देश सहभागी भएका थिए । प्रतियोगितासंगै आम जनमानसमा प्रतियोगिताको प्रथम र दोस्रो हुनेले कती पाउलान् भन्ने कौतुहलता पनि उत्तिकै छ ।


ADVERTISEMENT


पुरस्कारको कुरा गर्ने हो भने जित्ने टिम त मालामाल नै हुन्छन् । तर फिफाले बाँकी टिमलाई पनि खाली हात पठाउँदैन ।


ADVERTISEMENT

# # #


फीफामा कुल पुरस्कार राशी ४०० मिलियन अमेरिकी डलर (४ अर्ब ३८ करोड रुपैयाँ) भन्दा बढी रहेको छ । यसमा प्रतियोगिता जित्ने टिमलाई ३८ मिलियन अमेरिकी डलर (करिब ४ अर्ब १६ करोड रुपैयाँ) मिल्छ । यस्तै दोस्रोलाई २८ मिलियन अमेरिकी डलर(३ अर्ब ५ करोड रुपैयाँ) मिल्छ ।

यस्तै तेस्रो हुने टिमलाई २४ मिलियन अमेरिकी डलर (लगभग २ अर्ब ६२ करोड रुपैयाँ) मिल्छ । अर्थात यस पटक बेल्जियमले २४ मिलियन अमेरिकी डलर पाउने छ ।