काठमाडौँ– रूसमा सम्पन्न विश्वकप फाइनलको खेल दौरान पुलिसको पोशाक पहिरिएर मैदान छिरेका ‘पूसी रोयट फेमीनिस्ट पङ्क ग्रुप’ का चार सदस्यलाई १५ दिनको जेल सजाय सुनाइएको छ ।


ADVERTISEMENT


मस्को अदालतले वेरोनिका निकुलशिना, ओल्गा कुराचेवा, ओल्गा पाखतुसोवा र प्योतर वेरजिलोव १५ दिनको सजाय सुनाउनुका साथै तीन वर्षसम्म खेल प्रतियोगिताको आयोजनास्थल जान प्रतिबन्ध गरेको छ । यिनीहरुलाई दर्शकको व्यवहारसंग जोडिएका नियमको घोर उल्लंघन गरेको आरोपमा अधिकतम सजाय सुनाइएको हो ।


ADVERTISEMENT

# # #


यी चार जना आइतबार रसियाको मस्कोस्थित लुजनिकी स्टेडियमको मैदानभित्र छिरेका थिए । जसको कारण फ्रान्स र क्रोएसियाबीच भइरहेको विश्वकप फाइनलको दोस्रो हाफ केही समय रोक्नु परेको थियो ।

उक्त खेल हेर्नका लागि स्टेडियममा रूसका राष्ट्रपति भ्लादिमीर पुटिन का साथै फ्रान्ससका राष्ट्रपति इमानुएल म्याक्रोन तथा क्रोएसियाकी राष्ट्रपति कोलिन्दा ग्रावर किटारोभिक लगात हजारौँको संख्यामा दर्शक उपस्थित रहेका थिए ।

भिडियो हेर्नुस् :