रुकुम – प्रदेश नं- ५ को एउटा जिल्ला रुकुम पूर्वमा भएको जीप दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका वडा नं. ५ धारापानीमा बुधबार दिउँसो २ बजेतिर भएको जीप दुर्घटनमा ७ जनाको मृत्यु भएको प्रदेश नं. ५ का प्रदेश प्रहरी प्रमुख तथा डिआईजी शेरबहादुर बस्नेतले बताए।


ADVERTISEMENT


‘मृतकको संख्या ७ पुगेको छ ४ जना घाइतेलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमान्डौं तर्फ लैजान लागिएको छ,’ उनले भने।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माका अनुसार उक्त दुर्घटनामा परी आधा दर्जन बढी गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारको लागि जिल्ला बाहिर लैजाने तयारी भइरहेको छ।

रुकुम जिल्ला प्रहरी कार्यालयले भने जीप दुर्घटनामा परी पुथा उत्तरगंगा गाउँपालिका वडा नं.२ का २२ वर्षीय किरण पुन, वडा नंं. १ का ३५ वर्षीय पुसर पुन, सोही वडा कै ३२ वर्षीय बुद्धिराज पुन र वडा नं. १२ निवासी तिरसना तुलाचनको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ। थप तीन जनाको नाम खुल्न नसकेको प्रहरीले बताएको छ ।

रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ जीप बुधबार दिउँसो २ बजेतिर ढुंगामा ठोक्किएर करिब ५ सय मिटर तल खसेको छ ।

घाइतेहरूको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार भए पनि अवस्था गम्भीर रहेको हुँदा हेलिकोप्टर चार्टर गरिएको जानकारी दिइएको छ ।