काठमाडौँ– सेन्चुरी कमर्सियल बैंकले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई सद्भावना दूत घोषणा गरेको छ ।


ADVERTISEMENT


बैंकद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा दुई खेलाडीलाई सद्भावना दूत घोषणा गरिएको हो । सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले कप्तान खड्कालाई ब्याट र मालीलाई बल हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


नेपालकै कान्छो वाणिज्य बैंक सेन्चुरीले नेपालका दुई ‘सुपरस्टार’लाई संस्थासँग आबद्ध गराउन पाउँदा संस्थाको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास प्रकट गरेको छ । एक दिवसीय मान्यता पाएपछि पहिलो खेल खेल्न बिहीबार इंग्ल्याण्ड जान लागेका कप्तान खड्काले खेलकूद क्षेत्रको विकासमा व्यावसायिक प्रतिष्ठानको समर्थन ठूलो महत्वको हुने बताए ।

नेपाली भलिबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी मालीले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिइन् । बैंकले दुवै खेलाडीलाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।