काठमाडौँ– प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसन नेपालले डा केसीको अनसनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।


ADVERTISEMENT


संघले कुनैपनि समस्याको समाधान वार्ताबाटै हुने लोकतान्त्रि विधिको विपरित मेरो गोरुको बाह्रै टक्का भनेर अनसन बस्नु र बारम्बार विभिन्न बाहानामा अस्पताल बन्द गर्ने नेपाल चिकित्सक संघको चेतावनी उचित नभएको बताएको छ ।


ADVERTISEMENT

# # #


‘बिरामीहरुको स्वास्थ्यको ख्याल नगरी बारम्बार यो या त्यो बाहानामा अस्पताल बन्द गर्ने प्रवृत्तिले हामी कसैको भलो गर्दैन ।’ बुधबार जारी विज्ञप्तीमा भनिएको छ, ‘अनसनकै भरमा माग पूरा गराउने प्रवृत्ति स्वाथ्य क्षेत्रमा विगतमा देखिएकै हो र कार्यान्वयन गर्न नसकिने सम्झौता गरेर अघिल्ला सरकारले समस्यालाई आजको स्थितिमा ल्याएको हो ।’

यस्तै संघले समस्याको वार्तामार्फत समाधान गर्नुपर्ने भन्दै डा केसीले बहुमत प्राप्त सरकारलाई विगतमा जस्तै झकाउछु भन्नु त्यती सान्दार्भिक नहुने बताएको छ । ३ वर्ष अघिको माथेमा प्रतिवेदन जस्ताको त्यस्तै अहिलेको अवस्थामा लागू गर्न खोज्नु सान्दर्भिक नहुने भन्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक विज्ञ र सरोकारवालाहरुको रायमा संसदबाट पारित गराउनु पर्ने संघले बताएको छ ।

नेपाल चिकित्सक संघ जस्तो जिम्मेवार निकायले मध्यस्थताको भमिका निर्काह गर्नुको साटो बारम्बार विगतमा बन्द गरेजस्तै संवेदनशील क्षेत्र मानिएको अस्पतालहरुमा बन्द हड्ताल गर्ने निर्णय गर्नु बिडम्बना भएको संघ बताएको छ ।

यस्तै चिकित्सक संघको निर्णयको पक्षमा जान नसक्ने भन्दै संघले चिकित्सकलाई बिरामीको जीवन रक्षा गरी आफ्नो कर्तव्य निर्वाह गर्न आह्वान गरेको छ । यस्तै संघले चिकित्सक संघ बन्दलाईको डटेर अवज्ञा गर्न अनुरोध गरेको छ ।